काठमाण्डौं – आजदेखि मौषममा सुधार हुदै जाने भएको छ ।
बुधबार र बिहीबार देशभरि झरी परेको प्रणाली कमजोर हुँदै गएकाले आजबा६ मौषममा सुधार हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाले प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने आज पनि भारी बर्षा हुने संभावना रहेको जनाएको छ । तर देशको अन्य स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।
महाशाखाले सुदूरपश्चिमबाट मौसम खुल्दै गएको भन्दै देशभरिको मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्ने भनेको छ । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जाने छ ।


