गोरखा – गोरखा क्याम्पसको आइसोलेसनमा रहेका मध्ये एकै दिनमा २८ जना घर फर्किएका छन् ।
जिल्लाको विभिन्न स्थानिय निकायका संक्रमित ब्यत्तिहरुलाई राखिएको आइसोलेसनबाट हिजो (मंगलबार) एकै दिनमा २८ जनालाई डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । अब आइसोलेनमा ३ जना मात्र बाँकी रहेको छन् ।
गोरखा अस्पतालले हिजो साँझ अबेर जारी गरेको सूचना जारी गर्दै गोरखा र पालुङटार नगरपालिका ९ जना र सिरानचोक, भीमसेन थापा, बारपाक सुलिकोट र धार्चे गाउँपालिका १९ जनालाई डिस्चार्ज गरीएको जनाएको छ ।
प्राप्त विवरण अनुसार गोरखा नगरपालिका ६ को १ जना पुरुष, ७ को २ जना महिला र ४ जना पुरुष, १३ को १ जना महिला डिस्चार्ज भएर घर फर्किएका छन् । त्यस्तै गरी पालुङटार नगरपालिका ५ को १ जना पुरुष समेत हिजै डिस्चार्ज भएर घर फर्किएका छन् ।
घर फर्किएकाहरुमा सिरानचोक गाउँपालिका ६ को १ जना महिला र १ जना पुरुष, भीमसेन थापा गाउँपालिका ७ को १ जना पुरुष र ८ मा २ जना महिला र २ जना पुरुष डिस्चार्ज भएका छन् ।
हिजो डिस्चार्ज हुनेमा सबै भन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकाको रहेको छ । जस अनुसार ३ मा १ पुरुष १ महिला, ४ मा २ पुरुष, ५ मा १ पुरुष, ७ मा ५ पुरुष र ८ का १ जना पुरुषलाई डिस्चार्ज गरिएको छ ।
त्यस्तै गरी जिल्लामा नै पहिलो पटक देखिएको धार्चे गाउँपालिकाको १ जना पुरुष पनि हिजै डिस्चार्ज भएको छ । भारतको गुजरातबाट फर्किएका उनीलाई भाद्र २८ गते कोरोना संक्रमण पुष्टी भएको थियो ।



