काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा संक्रमितहरुको संख्या ६७ हजार नजिक पुगेको छ ।
आज मात्रै थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको मन्त्रालयले बताएको छ ।


