काठमाण्डौं – अनशनकै क्रममा नेपालगञ्जबाट मगलबार काठमाडौं आइपुगेका डा.गोविन्द केसीलाई नेपाल प्रहरीले अपहरणको शैलीमा राष्ट्रिय ट्रमा सेन्टर लगेर छाडेको छ ।
नेपालगञ्जबाट ११ः१५ बजेको फ्लाइटमा काठमाण्डौं आएका डा.केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा लगेको हो । ट्रमा सेन्टरमा लादा प्रहरीले डा.केसीलाई अभद्र ब्यवहार गरेका थिए ।
केसीका सहयोगी डा.प्रितम सुवेदीले केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताए । केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।
जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र पहिले जस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड र त्यहाँ कर्मचारी माथि प्रहरी दमन हुन सक्ने भन्दै केसी काठमाडौंतर्फ आएका थिए ।
तस्बिर सौजन्य सञ्जीव कार्की





















