काठमाण्डौं – कतार, कुवेत र साउदीमा अब नियमित उडान हुने भएको छ ।
पीसीआर जाँच सहज नभएको भन्दै ति देशहरुमा नियमित उडान बन्द गरिएको थियो । अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा नियमित उडान गर्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सेप्टेम्बर महिनाको तुलनामा उडान सख्या थप गरि उडान गर्न लागिएको हो ।
१५ असोजबाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा औसत १०९ वटा उडान हुने गरी उडान तालिका सार्वजानिक समेत गरिएको छ ।
ति देशहरुमा दैनिक १३ देखि १५ उडानको अनुमति दिइएको छ । थप भएको उडान तालीका अनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति पाएको छ ।
कुवेतका लागि जजिरा एयरवेजले अनुमति पाएको छ । रियादका लागि हिमालय एयरलाइन्सले नियमित उडानबाट यात्रु ओसार पसार गरिने छ ।
फाईल तस्बिर




















