गोरखा – गोरखाको उत्तरी क्षेत्रमा सडक खन्ने क्रममा भिरबाट लडेर १ जना मजदुरको मृत्यु भएको छ ।
जिल्लाको धार्चे गाउँपालिका ३ को लाक्पाल बस्ती नजिक सडक खन्ने क्रममा धार्चे गाउँपालिका १ दोभानका २० बर्षिय दिपक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नेपाली सेनाले निर्माण गरी रहेको बेनिघाट–आरुघाट–लार्के सडक खन्ने क्रममा लाक्पाल बस्तीमा भिरमा काम गरीरहेका गुरुङ चिप्लीएर ४० मिटर तल बुढी गण्डकी नदीमा खस्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
मृत्तकको शबलाई आरुघाटमा रहेको प्रार्थमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाईएको छ । घटनाको बिषयमा अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।




















