काठमाण्डौं – देशका धेरै स्थानमा हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज एक विशेष बुलेटन निकाल्दै उत्तर–पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सदै आएकोले देशको धेरै जसो स्थानमा हावाहुरी सहित ठुला पानी पर्ने संभावना रहेको जनाएको हो ।
विभागले आज (सोमबार) देखी शुक्रबार सम्म देशका धेरै ठाउँमा भारी वर्षा हुनुने र हावाहुरी आउने जाउदै सबैलाई सतर्कता अपनाउन भनेको छ ।
अहिले देशको केही स्थानमा सामान्यदेखि पूर्ण बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




















