एजेन्सी – अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
आणविक हतियार उत्पादन सिमित गर्न चेतावनी दिँदै आएको अमेरिकाले इरानका धेरै व्यक्ति तथा संस्थामाथि प्रतिवन्ध लगाउने तयारी गरेको हो ।
इरानको आणविक, क्षेप्यास्त्र तथा परम्परागत हतियार उत्पादन कार्यक्रममा सहभागीहरुमाथि प्रतिबन्ध लगाउन लागिएको हो ।
आणविक हतियार उत्पादनमा इरानको बढ्दो तिव्रतालाई नियन्त्रण गर्ने प्रयासलाई प्रतिवन्धले सघाउने अमेरिकाको दावी छ । इरानले यो बर्षको अन्तिमसम्म आणविक हतियार उत्पादन थाल्ने अमेरिकी दावी छ ।
त्यस्तै उसले उत्तर कोरियासँग लामो दुरीको क्षेप्यास्त्र सम्बन्धी सहकार्य गरेको अमेरिकाले बताउँदै आएको छ । इरानले संयुक्त राष्ट्रसंघको स्वीकृति विनै आफ्नो मुलुकमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको निर्णयको कडा जवाफ दिने चेतावनी दिएको छ ।




















