काठमाण्डौं – बिना अक्सीजन १० पटक सगरमाथा आरोण गर्ने आङरिता शेर्पाको आज निधन भएको छ ।
उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ ।
उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् ।




















