गोरखा – गोरखामा आज थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले आज (सोमबार) दिउसो १२ः१५ बजे एक सूचना जारी गर्दै संक्रमण देखिएका ब्यत्ति भारतबाट आएर क्वारिन्टीनमा बस्दै आएको जनाएको छ ।





















