×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा बिक्री हुने मलमा मनोमानी दर

  •  गोरखा समाचार
  • आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपाल सरकारबाट अनुदानमा आउने युरिया मल जिल्लामा मनोमानी ढंगले बिक्री भएको पाईएको छ ।

    सरकारी अनुदान प्राप्त मल जिल्लामा ९५० देखी १२०० रुपैयाँ सम्म बिक्री भएको पाईएको छ । हामीलाई प्राप्त पछिल्लो प्रमाण अनुसार पालुङटारमा रहेको एक सहकारीले सोही मल बोराको ११०० रुपैयाँ सम्म बेचेको प्रमाण फेला परेको छ ।

    पालुङटार नगरपालिकाले आफ्नै गाडी मार्फत ढुवानी गरिदिएको युरिया मल उज्वल कृषि सहकारी संस्था लि.ले किसानलाई प्रति बोरा ११०० रुपैयाँमा बिक्री गरेको पाईएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लि चितवनले प्रति बोरा ७६५ रुपैयाँ उपलब्ध गराएको मल सहकारीले ११०० रुपैयाँ बिक्री गरेको हो ।

    किसानले मल खरिद गर्दा सहकारीले दिएकाे बिल

    नगरपालिकाले पालुङटारमा रहेको उज्वल र पालुङटार कृषि सहकारी संस्था लि.लाई नगद अनुदान उपलब्ध नगराए पनि चितवन देखी मल ल्याउन पालिकाको सवारी साधान प्रयोग गरेको थियो ।

    नगद अनुदान दिएका छैनौं, सवारी उपलब्ध गराका हौ : मेयर कडेल

    मलका बिषयमा किसानबाट कुरा आउन थाले पछि हामीले पालुङटार नगरपालिका मेयर ई.दिपक कडेल संग यसका बारेमा बुझने कोशिस गरेका थियौ । मेयर कडेलले दुवै सहरकारीलाई नगद अनुदान नदिएको र पालिकाको सवारी साधान प्रयोग गर्न दिएको बताए । ‘लक डाउनका बेला किसानलाई समस्या होला भनेर सवारी पास र साधन नखोजिकन हामीले हाम्रो पालिकाको सवारी प्रयोग गरेर मल ल्याउन सहयोग गरेका हौ’ मेयर कडेलले भने ।

    सहकारीले खरीद गरेकाे मलकाे बिल

    ‘पालिकाको कुनै पनि बैठकले मलको मुल्य निर्धारण नगरेका कारण पनि समस्या भयो । यो हामीलाई सिकाई पनि भयो । हामी अध्ययन गर्छौ र मलको मुल्य बढी भएको खण्डमा सहकारीलाई किसानलाई पैसा फिर्ता गर्न भन्छौ’ मेयर कडेलले बताए ।

    नगद अनुदान नदिए पनि सवारी साधान प्रयोग गर्दा चितवनमा खरिद गरेको मुल्य ७६५ मा नै पालुङटारको दुवै सहकारीमा मल झरेको भएता पनि किसानबाट उच्च नाफा लिएर मात्र सहकारीले मल बिक्री गरेको हामीलाई प्राप्त बिलमा स्पष्ट देख्न सकिन्छ ।

    पालिकाले ढुवानीमा अनुदान नगरिदिएको भएता पनि ७६५ रुपैयाँ परेको युरिया मल लोडअनलोड र ढुवानी भाडा सहित १०१० मा आई पुग्ने र त्यसमा प्रतिकिलो १ रुपैयाँ ब्यवस्थापन खर्च राखेर बिक्री गर्दापनि १०६० मा बिक्री गनुपर्ने हुन्छ । तर पालिका आफैले सवारी साधानमा निशुल्क ल्याई दिएको उत्त मल प्रति बोरा ३३५ रुपैयाँ नाफा राखेर सहकारीले बेचेको देखिन्छ ।

    सोही मल मेयर कडेल आफैले पनि खरिद गरेर खेत बारीमा प्रयोग गरेको बताए ।

    निर्देशिकाले किलोमा १ रुपैयाँ मात्र नाफा राखेर बिक्री गर्न भन्छ : प्रमुख थापा

    सरकारी अनुदानमा आएको मल जिल्ला भित्र किन स्थान विशेषमा फरक फरक मुल्यमा मल बिक्री भएको भन्ने जिज्ञासा लिएर हामी कृषि ज्ञान केन्द्र कार्यालय सम्म पुगेका थियौ । ज्ञान केन्द्रका प्रमुख मनिता थापाले मल बिक्रीका लागि मुल्य निर्धारण स्थानिय पालिका आफैले निर्णय गरेर निर्धारण गर्न सक्ने बताए ।

    हालै मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार खरिद गरेर ल्याएको मलमा प्रति किलो १ रुपैयाँ ब्यवस्थापन खर्च भनेर जोडेर बिक्री गर्न सक्ने र त्यो भन्दा बढी मुल्य लिन नपाउने उनले दावी गरे ।
    प्रमुख थापाले कारवाही गर्ने अधिकार पनि स्थानिय पालिकालाई नै भएको भन्दै ०७७ साल बैशाख ४ गतेको सर्व दलिय बैठकमा स्थानिय पालिकाहरुले मलको बिक्री मुल्य निर्धारण गर्ने निर्णय भएको भएता पनि अहिले सम्म केहीले मात्र गरेको जानकारी गराए ।

    ज्ञान केन्द्रले दिएको जानकारी अनुसार गोरखा नगरपालिकाले युरिया मल प्रति बोरा ९५० र किलोको २३ रुपैयाँमा बिक्री गर्न पाउने निर्णय गरेको छ भने भीमसेन थापा गाउँपालिकाले साल्ट ट्रडिङबाट आउने युरिया प्रति बोरा १००० रुपैयाँ र छेवेटारबाट खरिद गरेर ल्याएको खण्डमा प्रति बोरा १०७५ मा बिक्री गर्न पाउने निर्णय गरेको जानकारी दिएको छ । पालिकाले खुद्रा मल बिक्री गर्न भने प्रतिबन्ध लगाएको छ ।
    त्यस्तै गरी सिरानचोक गाउँपालिकाले प्रति बोरा १००० रुपैयाँ र प्रति किलो २२ रुपैयाँ निधारण गरेको छ ।

    अन्य पालिकाले भने आज सम्म पनि मुल्य निर्धारण नगरेको र सोको जानकारी समेत केन्द्रमा नगराएको कार्यालयले जनाएको छ ।

    कालो बजारी भएको भए हामी कारवाही गर्छौ : सप्रजिअ पाण्डे

    मल बिक्रीकै बिषयलाई लिएर हामीले जिल्ला प्रशासन कार्यालयका सहयाक प्रमुख जिल्ला अधिकारीलाई पनि भेटेका थियौ । उनले कुनै पनि बस्तुमा कालोबजारी गरेको प्रमाण फेला परे कारवाही गर्ने प्रतिबद्वता ब्यत्त गरे ।

    पछिल्लो समय उद्योग तथा बाणिज्य मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन निरिक्षकका रुपमा तोकेको छ । ‘कोभिड कारण प्रभावकारी रुपमा बजारमा गएर अनुगमन गर्न सकिएको छैन । तर पनि कालो बजारी भएको प्रमाण फेला परेको खण्डमा हामी त्यस्तालाई कारवाही गर्न पछि पर्ने छैनौ’ सप्रजिअ पाण्डेले भने । केही सहजता आउनासाथ बजार अनुगमलाई तिब्रता दिने समेत उनले बताए ।

    मन्त्रालयको निर्देशिका अनुसार निरिक्षकलाई कालो बजारी भएको प्रमाण फेला परे २ लाख रुपैयाँ सम्म जरिवाना गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।

    कृषि ज्ञान केन्द्र गोरखाबाट प्राप्त मलको खरिद दर

     

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.