काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १३२५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित स्वाब परिक्षण गर्दा थप १३२५ जनामा संक्रमण भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको उनले बताए ।
थप १० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।


