पोखरा – गण्डकी प्रदेशको ३ जिल्लामा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको कास्की, लमजुङ र तनहुँमा गरी थप ३० जनामा संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । यो सहित गण्डकी प्रदेशमा अब संक्रमितको संख्या ३ हजार ४३८ पुगेको छ ।
निर्देशनालयले आइतबार दिउसो १ः३० बजे सूचना जारी गर्दै तनहुँमा २ जना, लमजुङमा १५ जना र कास्कीमा १३ जनामा संक्रमण देखिएको जनाएको छ । संक्रमण देखिएका मध्ये पोखरा उप महानगरपालिका ७ का ६ जना नेपाल प्रहरीमा कार्यरत रहेको र तनहुँका २ जना जी.पि.कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा कार्यरत कर्मचारी भएको निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ ।
अन्य संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु भएको हुन् । सबैलाई आइसोलेसनमा लाने तयारी भई रहेको छ ।





















