गोरखा – गोरखाको बारपार सुलिकोट गाउँपालिकामा क्वारिन्टीनमा बसेका एक ब्यत्ति फरार भएका छन् ।
फितलो सुरक्षा ब्यवस्थाका कारण भारतबाट आएका ति ब्यत्ति क्वारिन्टीनबाट भाग्न सफल भएका हुन् ।
बारपाक सुलिकोट गाउँपालिका ६ ताकुकाेटकाे सुुर्य ज्योति माविमा बसेका उनी स्वाँराकाे भएको पुष्टी भएको छ । ‘४/५ दिन भयो आएको । हिजो राती कति बेला फरार भए थाहै पाएनौ । हामीले स्थानिय जन प्रतिनिधी संग समन्वय गरेका छौ । कोशिस जारी छ’ बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख बिण्णु भट्टले भने ।
क्वारिन्टीनबाट भाग्ने ब्यत्ति लुरे सार्की भएको र उनी असोज १ गते भारतको कश्मिरबाट आएर बसेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
क्वारिन्टीनमा बसेका ब्यत्ति फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पनि पुष्टी गरेको छ । उन घर तर्फ गएको भन्ने सूचना आएकोले प्रहरी पचिारलन गरी खोजी भई रहेको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।
तस्बिर मिलन ढकाल


