पोखरा – गण्डकी प्रदेशमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको कास्की जिल्लामा थप ६ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४०८ जना पुगेको छ ।
निर्देशनालयले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको माच्छापुच्छ्रे र पोखरा उप महानगरपालिका गरी ६ जनामा संक्रमण देखिएको जनाएको छ । निर्देशनालयले जारी गरेको सुचना अनुसार माच्छापुच्छ्रे ३ को ५७ बर्षका पुरुष संक्रमण देखिएको हो । उनको कन्ट्याक्ट ट्रेसिङमा स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
त्यस्तै गरी पोखरा उप महानगरपालिकाको ५, ८, १०, १२ र २५ मा १/१ जनामा संक्रमण देखिएको छ । वडा नम्बर ८ मा महिलामा देखिएको हो भने बाँकी सबै वडामा पुरुषमा संक्रमण देखिएको छ । पोखरा उप महानगरपालिकाका सबै जनाले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आफै उपस्थित भएर स्वाब परिक्षण गराएको निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ ।
सबैलाई आइसोलेसन सेन्टर लैजाने तयारी भई रहेको छ ।





















