काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
असोज २ गते कोटेश्वरको पेरिसडाँडा बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।
आजको सचिवालउ बैठकमा गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
फाईल तस्बिर




















