गोरखा – सरकारी काम जिम्मेवारीका साथ पुरा गरेको भन्दै गोरखाका ३ जना कर्मचाारीलाई जनसेवा श्री पदक प्रदान गरिएको छ ।
पदक पाउनेहरुमा जिल्ला स्वास्थ्य कार्यालयका नारायणबावु अर्याल, कृषी ज्ञान केन्द्रका प्रमुख मनिता थापा र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे रहेका छन् ।
प्रत्यक बर्ष सरकारी कर्मचारीहरुलाई सम्मानका लागि उत्कृठ कार्य सम्पादन गरेको भन्दै प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा पदकका लागि सिफारिस गरेर बिवरण पठाउन गरिन्छ । त्यसैको आधारमा गएको आबमा गोरखा जिल्लाबाट तात्कालीन प्रहरी उपरिक्ष ओमप्रसाद अधिकारीको नाम समेत सिफारीस भएकोमा चारै जनालाई सम्मान गर्ने निर्णय गृहले गरेको थियो । तर अधिकारी भने केही महिना अगाडी नै चितवन सरुवा भई गएकोले अहिले जिल्लामा कार्यरत ३ जना कर्मचारीहरुले मात्र सम्मान पाएका हुन ।
सम्मानित भएका अर्यालले कोरोना कहरका बिच पनि जिल्लाको धेरै जसो स्थानमा पुगेर स्वाब संकलनमा सक्रियता देखिएका थिए भने ज्ञान केन्द्रका प्रमुख थापा जिल्लामा कृषि कार्यक्रम ब्यवस्थित र प्रभावकारी बनाएको र सहायक प्रमुख जिल्ला अधिकारीले गोरखा क्याम्पसमा रहेका आइसोलेसन ब्यवस्थापनमा सक्रियता देखाएका थिए ।
प्रत्यक बर्ष संविधान दिबसको अवसर पारेर देशभरका सरकारी कर्मचारीलाई सम्मान स्वरुप यस्ता पदक दिने गरिन्छ ।


