काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले आज थप २ हजार २०४ जनामा संक्रमण देखिएको जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।




















