काठमाण्डौ – अमेरिकामा भोलीदेखि विच्याट र टिकटकको डाउनलोडमा प्रतिबन्ध लागाईएको छ ।
अमेरीकी वाणिज्य मन्त्रालयले दुवै एप यूएस एपलाई अबको २४ घण्टा भित्र स्टोरबाट हटाई सक्ने र भोलिबाट डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ ।
बीबीसीले जनाए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा विच्याट र टिकटक माथी प्रतिबन्धित लाग्ने निश्चित भएको जनाएको छ ।
ट्रम्प प्रशासनले विच्याट र टिकटक सहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भएको बताउँदै आएको छ ।
तर अमेरिकाको यो आरोप चीनको दुवै कम्पनीले अस्वीकार गर्दै आएका छन् ।


