पोखरा – गण्डकी प्रदेशको ४ जिल्लामा पुनः ५१ जनामा संक्रमण पुष्टी भएको छ ।
प्रदेशको नवलपुर, स्याङजा, तनहुँ र कास्कीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले आज (सनिबार) दोस्रो पटक सूचना जारी गर्दै नवलपुरमा ३४ जना, स्याङजामा १ जना, तनहुँमा ३ जना र कास्कीमा १३ जनामा संक्रमण भएको छ ।
निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिकाको ३, ४, ५, ७, ११, १४ र १७ नम्बर वडामा गरी ३४ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गरी तनहुँको ब्यास नगरपालिकाको ६ मा ३ जना र कास्कीको पोखरा उपमहानगरपालिकाको ४, ६, ७, ८, १२, २७ र ३० नम्बर वडामा गरी १३ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित सबैको स्वाब क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिठानमा परिक्षण गरिएको निर्देशनालयले जनाएको छ । सबैलाई जिल्ला सदरमुकामा रहेको आइसोलेनमा लैजाने तयारी भई रहेको छ ।



