चितवन – चितवनमा एकै घरका ३ जनालाई सर्पले डस्दा १ जना बालकको मृत्यु भएको छ ।
भरतपुर महानगर १९ शरदानगरमा आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति ३ जनालाइ सर्पले डसेको थियो ।
मृत्यु हुनेमा २ वर्षका रायन रामदाम रहेका छन् । सर्पले टोक्दा ५६ वर्षकी केशरी बिक र २६ वर्षकी रुबी सुनार गम्भीर बिरामी छन् ।
उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फाईल तस्बिर




















