पोखरा – गण्डकी प्रदेशको विभिन्न जिल्लामा सनिबार १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेश भित्रका नवलपुर, पर्बत, स्याङजा र लमजुङमा गरी ४ जिल्लामा १५ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पुष्टी गरेको हो ।
निर्देशनालयले आज (सनिबार) बिहान ६ः०० बजे सूचना जारी गर्दै नवलपुरमा ११ जना, पर्बतमा २ जना र स्याङजा र लमजुङमा १÷१ जनामा संक्रमण देखिएको जनाएको हो । जारी सूचना अनुसार नवलपुरको बुलिङटारमा २ जना पुरुष, हुप्सेकोटमा ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो ।
त्यस्तै गरी पर्बतको १÷१ जना महिला पुरुषमा संक्रमण देखिएको छ । स्याङजाको फेदीखोला र लमजुङको मध्येनेपालमा १÷१ जना पुरुषमा संक्रमण देखिएको छ ।
निर्देशनालयका अनुसार पर्बत कुश्मा नगरपालिकाका ३५ बर्षिय पुरुष नेपाली सेनामा कार्यरत हुन भने नवलपुरको हुप्सेकोट ५ का ३७ बर्षिया महिला महिला स्वास्थ्य स्यमं सेविका भएको पुष्टी भएको छ । अन्य सबै भने कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब लिएका ब्यत्तिहरु भएको निर्देशनालय जनाएको छ ।
सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा लैजाने तयारी भई रहेको छ ।


