सप्तरी – सप्तरीमा भएको बलात्कार घटनामा किशोरीलाई कानुनी उपचार खोज्न रोक्ने पञ्चायती बिरुद्व प्रहरीले आत्माहत्या दुरुत्साहन मुद्वा गर्दा गराएका छन् ।
घटनालाई लेनदेनमा मेलमिलाप गराउने निर्णय गरेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका पञ्चायतीका ३ जनाविरुद्ध प्रहरीले मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको हो ।
घटना लगत्तै पञ्चायतीहरुले बालात्कारमा संलग्नबाट ५५ हजार रुपैयाँ तिराउने निर्णय गरेर किशोरीलाई प्रहरी सम्म पुग्न बाधा बिरोध गरेका थिए । त्यस लगत्तै डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरकी १७ वर्षीया किशोरीले भदौ २९ गते राति आफ्नै घरको बरण्डामा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
पञ्चहरु ६५ वर्षीय जयकान्त मण्डल, ६० वर्षीय बासुदेव मण्डल र ५० वर्षीय सत्यनारायण मण्डललाइ प्रहरीले घट्नाको भोलिपल्टै पक्राउ गरेको थियो ।
खेतमा काम गर्न गएकी ती किशोरीलाई गाउँकै १९ वर्षीय बब्लु भनिने सुमन मण्डल, १८ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डल, २५ वर्षीय बिसु भनिने बिष्णु मण्डल र २७ वर्षीय धर्मदेव मण्डलले सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।
यसमध्ये बब्लु भनिने सुमन मण्डल र रंजित भनिने सरोज कुमार मण्डललाई बिहीबार राति प्रहरीले बलान बिहुल गाउँपालिकाबाट पक्राउ गरिसकेको छ । पक्राउ परेका यी दुई जनाविरुद्व जबरजस्ती करणी मुद्धामा अनुसन्धान सुरु गरेको छ । अरु दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


