काठमाण्डौ – काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले उपत्यकाको ३ जिल्लामा ८५९ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन । उनका अनुसार काठमाण्डौंमा ६९८ जना, ललितपुरमा ७९ जना भक्तपुरमा ८२ जना गरी कुल ८५९ जना कोरोना संक्रमित थपिएका हुन् ।
काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौमा २ , ललितपुर र भक्तपुरमा १÷१ जनाको मृत्यु भएको छ ।


