काठमाण्डौं – नोबल कोरोना भाइसर (कोभिड–१९)बाट आज २ हजार २० जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ हजार २० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या ६१ हजार ५९३ पुगेको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले यो अहिले सम्मकै एकैमा संक्रमित हुनेको संख्या बढी भएको जानकारी दिए । डा.गौतमले देशभरबाट संकलित ११ हजार ४०८ स्वाब परिक्षण गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको बताए ।
कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि सरकारले सबै क्षेत्र खुला गरेको दोस्रो दिनमा कोरोनाको ग्राफ ह्रवात्तै बढेको हो ।
पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको देखिन्छ।
पछिल्लो २४ घण्टामा कोरोना संकमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सख्या ३९० पुगेकाे छ ।


