गोरखा – गोरखाको पालुङटारमा ७ बर्षिया बालिकालाई करेन्ट लाग्दा मृत्यु भएको छ ।
पालुङटार नगरपालिका ३ को रानिखेतकी ७ समिक्षा गिरीलाई करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीवार साझ आफ्नै घरको कोठामा करेन्ट लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाटिपोखरीले जनाएको छ । बालिकालाई करेन्ट लागेर मृत्यु भइसकेको अवस्थामा मात्र परिवारले थाहा पाएका थिए ।
मृतक बालिकाको शव पोस्टमार्टमको लागि गोरखा अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । गोरखाको पालुङटारमा ७ बर्षिया बालिकाको करेन्ट लागेर मृत्यु




















