गोरखा – गोरखाको नामजुङमा रहेको स्वास्थ्य चौकी जाने बाटो मर्मत गरिएको छ ।
शहिद लखन गाउँपालिका ९ नाम्जुङ स्थित नाम्जुङ स्वास्थ्य चौकीसम्म पुग्ने सडक मर्मत गरीएको हो । साउन ५ गते खसेर पहिरो २ महिना पछि बल्ल मर्मत भएको हो ।
स्वास्थ्य चौकी सम्म जाने बाटो केही दिन अगाडी मर्मत गरीएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । मेसिन लगायर पहिरो हटाउने काम सम्पन्न भएको र बाटो सुचारु भएको वडाध्ययक्ष लामिछाने बताए ।
बाटो मर्मत संगै अब एम्बुलेन्स पनि स्वास्थ्य चौकीसम्म पुग्न सक्ने भएको छ । बाटो मर्मतको केही काम बाँकी भएको भएता पनि विरामीले अब हिडेरै स्वास्थ्य चौकी सम्म पुग्ने अवस्थाको अन्त्य भएको छ ।
पहिरो हटाउन समयमा मेसिन नपाएको र लगातार पानी परेका कारण सडक मर्मतमा ढिलाई भएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्यचौकी संगै रहेको बर्थिङसेन्टर पछाडीको पहिरो पनि हटाए बाँकी भएकोले केही दिन भित्रै त्यो काम पनि सक्ने कार्यालले जनाएको छ ।
स्वास्थ्य चौकी जाने बाटोमा पहिरो गएर बिरामी हिडेर जान समेन नसक्ने अवस्था हुदा पनि गाउँपालिकाले पहिरो हटाउने तर्फ चासो नदिएपछि बिरामी आउ जाउँमा समस्या हुदै आएको थियो ।
पहिरो हटाएसंगै बिरामी एम्बुलेन्समै उपचारका लागि चौकी सम्म आउनसक्ने अबस्था भएको स्वास्थ्यचौकी प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिईन । अब स्टेचर बोकेर बिरामी लिनु जानुपर्ने अबस्था हटेको श्रेष्ठले बताईन ।


