काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले आज बस्दैछ ।
सचिवालय बैठक पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाडामा बस्न लागेको हो ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।
आज बस्ने बैठकले मन्त्रीमण्डल पुर्नगठन पनि छलफल हुने बताईएको छ । सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेकाले सोही विषयमा सचिवालयमा विस्तृतमा छलफल हुन लागेको हो ।




















