पोखरा – गण्डकी प्रदेशको विभिन्न जिल्लामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेश भित्रका नवलपुर, स्याङजा र तनहुँमा गरी थप ११ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमित हुनेहरुको संख्या ३ हजार २९१ जना पुगेको छ ।
निर्देशनालयले शुक्रबार बिहान ८ः१० बजे सूचना जारी गर्दै स्याङजामा १ जना, नवलपुरमा ८ जना र तनहुँमा २ जनामा संक्रमण पुष्टी देखिएको हो । संक्रमितहरुको स्वाब वि.पि.कोइराला स्मृती क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा लैजाने तयारी भई रहेको निर्देशनालयले सूचनामा भनेको छ ।



