गोरखा – गोरखा पुरानो घुम्ती बजार देखी सिर्दी खोलासम्म झर्ने बाटोको कालो पत्रेको काम सुरु भएको छ ।
नगरपालिका ११ स्थित घुम्ती बजार (तेह्रकिलो बजार)देखि सिर्दि खोलासम्म को करिब १.५ किलोमिटर सडक खण्डको काम सुरु भएको हो ।
‘टेण्डर प्रक्रिया मार्फत काम भएको उत्त खण्ड आउदो चैत्र महिना भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष रामबहादुर खड्काले बताए । सडकको खण्डको मुख्यमुख्य घुम्तीहरुमा भने ढलान गरिने भएको छ ।
सडक निर्माणको ठेक्का सचेत कन्ट्रक्सनले पाएको छ । १ करोड रुपैयामा सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको गोरखा नगरपालिकाले जनाएको छ ।




















