काठमाण्डौं – कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् ।
सचिवालयमा कार्यरत अन्य ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगि गरिने भएको छ ।
देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।
फाईल तस्बिर


