गोरखा – गोरखामा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाका अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले बिहीबार बिहान ७ः४५ बजे सूचना जारी गर्दै अजिरकोट गाउँपालिका ३ की ३० बर्षिया महिला र बारपाक सुलिकोट ३ का ५३ बर्षिय पुरुषमा संक्रमण भएको जनाएको छ ।
बारपाक सुलिकोट ३ स्वाराका पुरुष गोरखा नगरपालिका ७ मा देखिएका कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा देखिए पछि भाद्र २८ गते स्वाब लिएरको गाउपालिका स्वास्थ्य प्रमुख कृण्ण भट्टले बताए । संक्रमित ब्यत्ति स्वारामा रहेको आफ्नै घरमा सेल्फ क्वारिन्टीनमा बस्दै आएको गाउँपालिकाले जनाएको छ ।
उता अजिरकोट गाउँपालिका ३ हंशपुर भच्चेक बजारको ३० बर्षिया महिला ब्यापारी भएको पुष्टी भएको छ । उनी पनि गोरखा नगरपालिका ७ को कन्ट्याक्ट ट्रेसिङमा परेकी महिला भएको गाउँपालिकाले जनाएको छ ।





















