काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज १ हजार ५३९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
संक्रमणबाट थप ८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।


