गोरखा – गोरखा जिल्लाका विभिन्न स्थानिय निकायमा १३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको शहिद लखन, बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । यो सहित गोरखा जिल्लामा संक्रमितहरुको संख्या २२६ पुगेको छ ।
निर्देशनालय आज (बुधबार) जारी गरेको सूचना अनुसार शहिद लखन गाउँपालिका ३ नयाँ पुल दोभानकी २१ बर्षिया १ जना महिलामा संक्रमण पुष्टी भएको हो । सहोदर बावुलाई कोरोना संक्रमण देखिए पछि उनीहरुको स्वाब परिक्षण गर्दा छोरीमा पनि देखिएको गाउपालिका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिकाको ३ स्वाराँका २१ बर्षका १ जना पुरुष, ४ सौरपानीका १८ बर्षका १ जना पुरुष, ६ ताकुकोटका २४ बर्षका १ जना पुरुष, पाँखुवा देउरालीका १६, २२, ३५ र ३६ बर्षका ४ जना पुरुष र ८ पन्द्रुङका ३६ बर्षका १ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख कृण्ण भट्टले जानकारी दिए ।
उता भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका २६ र ३४ बर्षका २ जना पुरुषमा संक्रमण देखिएको छ । नेपाली सेनाको तालिम सकेर घर आएका उनीहरुमा संक्रमण देखिएको हो । १ जना घर नजिकै खाली रहेको स्कुल रबिन्द्र ज्योति प्रापिमा बस्दै आएको र १ जना भने घरमा नै बस्दै आएको गाउँपालिका स्वास्थ्य प्रमुख भेषराज खनालले बताए ।
गोरखा नगरपालिका ७ धारापानीका २५ र ३८ बर्षका २ जना पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । उनीहरु सबै केही साता अगाडी कोरोना संक्रमण भएका ब्यत्तिको कन्ट्याक्ट ट्रेसिङमा देखिए पछि स्वाब लिईएको र परिक्षणमा पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।





















