काठमाण्डौं — सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
सिन्धुपाल्चोक जिल्लाको राम्चे केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरेको हो ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीलेका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर बिहान ५:१९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
एकाबिहानै उपत्यकासहित देशका विभिन्न जिल्लामा भूकम्पले हल्लाएपछि आम सर्वसाधारण घर बाहिर निस्किएर होहल्ला गरेका थिए ।
केन्द्र प्रमुख अधिकारीका अनुसार गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पकै परकम्प भएको बताए ।
२०७२ को भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो ।


