गोरखा – गोरखामा थप १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका ६ की महिलामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो । याे सहित गाेरखामा संक्रमितहरुकाे सख्या २१३ पुगेकाे छ ।
संक्रमण पुष्टी भएकी महिला सिरानचोक गाउँपालिका ६ बसेरी गाउँको भएको स्वास्थ्य प्रमुख रामचन्द्र पाण्डेले जानकारी दिए । प्राप्त जानकारी अनुसार २० बर्षिय महिला राजधानीबाट भाद्र १८ गते घर आएर क्वारिन्टीनमा बस्दै आएकी थिईन ।
भाद्र २५ गते स्वाब संकलन गरेर क्षयरोग उपचारकेन्द्र पोखरामा गरिएको परिक्षणमा उनलाई संक्रमण पुष्टी भएको हो ।
संक्रमित महिलालाई आइसोलेसन ल्याउने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।



