गोरखा – गोरखामा आज थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।
शहिद लखन गाउँपालिका ३ कानटारकी १० बर्षिया बालिकालाई संक्रमण पुष्टी भएको हो । यो सहित गोरखामा कोरोना संक्रमणबाट संक्रमितहुनेहरुको संख्या २१२ पुगेको छ ।
आज (मंगलबार) गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ११ः३० बजे जारी गरेको सूचना अनुसार शहिद लखन गाउँपालिकाको कानटार निवासी बालिकामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएकी बालिका १ साता अगाडी तनहुँ जिल्लाको आँबुखैरेनी निवासी ब्यत्ति संग आमा छोरी उपचारको लागि चितवन गएका थिए । आँबुखैरेनीका ब्यक्तिमा कोरोना संक्रमण देखिए लगत्तै बालिका र उनी आमालाई भाद्र २७ गते कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरा पठाईएको गाउँपालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
संक्रमण देखिएकी बालिकालाई गोरखा सदरमुकामा रहेको आइसोलेसन ल्याउने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।



