पाल्पा – पाल्पामा चिकित्सक सहित २० जना कोरोना संक्रमण देखिएको छ ।
युनाइटेड मिशन अस्पतालका ४ जना, लुम्बिनी मेडिकल कलेजका ६ जना स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण देखिएको हो ।
बाँकी १० जना अस्पतालमा उपचार गराएका बिरामी र समुदायका रहेका छन् । तिनाउ, रम्भा, बगनासकाली, तानसेन, पूर्वखोला लगायतका स्थानीयमा पनि संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएपछि पाल्पा अस्पताल र मिसन अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द भएका छन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि सेवा बन्द गरिएको जनाएको छ ।




















