चितवन – मुग्लिङ–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
सोमबार राती १० बजे तिर आएको पहिरोका कारण इच्छाकामना गाउँपालिका ६ स्थित चोरखोलामा सडक अवरुद्ध बनेको हो ।
सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ ।
पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ ।


