गोरखा – गोरखा बारपाक सुलिकोट घर भएकी एक महिलाको राजधानीमा हिजो मृत्यु भएको छ ।
राजधानीको सैनिक अस्पतालमा उपाररत बारपाक सुलिकोट गाउँपालिका ८ ठुलो पन्द्रुङ निवासी ६३ बर्षिया महिलाको मृत्यु भएको हो । उनलाई केही दिन अगाडी मात्र कोरोना संक्रमण पुष्टी भएको थियो ।
उपचारकै क्रममा सोमबार दिउसो मृत्यु भएकी ति महिला क्यान्सरबाट पिडित थिईन । उनलाई भाद्र २५ गते कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए ।




















