बाँके – बाँके प्रहरीले १० किलो लागूऔषध अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । राप्तीसोनारी गाउँपालिका १ कुशुम नाका हुदै बाँके जिल्लामा ल्याउन लागेको सूचनाको आधारमा प्रहरीले अफिम कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ८ का ५३ वर्षीय धनबहादुर सेन र घोराही उप महानगरपालिका १९ दाङका २४ वर्षीय निशान घर्तीमगर छन् । पक्राउ परेका दुबै जनाबारे थप अनुसन्धान भैरहेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले एक–एक किलोको दश पोका अफिम बरामद गरेको हो ।
पक्राउ परेका दुबैैजनालाई लागूऔषध नियन्त्रण ऐन अनुसार कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । सो ऐनमा लागूऔषध कारवारमा सग्लनलाई १५ बर्ष देखि जन्म कैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुनसक्ने ब्यवस्था छ ।




















