×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यमराजबाट ‘सरप्राइज’ पाएका बीपीको शवयात्राका कमाण्डर

  •  गोरखा समाचार
  • सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अनिल शर्मा

    पोखरा – २०३९ मा बीपीको शवयात्राको खटनपटन गर्ने उनी नै थिए। कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा र दिवंगत नेतृ शैलजा आचार्यसँग कोठा सेयर गर्ने अनि देउवाले नजिकबाट चिन्ने पोखराका कांग्रेसी पनि उनी नै थिए। उनी अर्थात् भोजबहादुर गुरुङ ‘सिकन्दर’ देशप्रेमी।

    हो, २०१९ सालमा जन्मेका उनै सिकन्दरले आइतबार यो धर्ती छाडे। उनको भौतिक अवसान यति छिटै होला भन्ने पोखरामा कसैले सोचेकै थिएन। ०६४ को निर्वाचनमा जसरी उनलाई सभापति शेरबहादुर देउवाले अप्रत्यासित रुपमा टिकट दिए, त्यसैगरी अप्रत्यासित रुपमा उनको निधन हुन पुग्यो।

    कलेजोको समस्याले गाँजेर धर्ती छाडे पनि उनले आफूसँग जोडिएका कथाहरु भने छाडेर गए। उनी आँटिला थिए, विद्रोही थिए।

    गाडीको कन्डक्टरको रुपमा जीवन सुरु गरेका उनी तलब पाउनासाथ नयाँ कपडा फेर्थे। २०३३ सालतिरको कुरा हुनुपर्छ, उनी कपडा किन्न बगरमा रहेको हालका कवि तथा त्यो बेलाका नेता तीर्थ श्रेष्ठकहाँ पुग्थे। कपडा किन्ने क्रममा चिनजान बढ्यो। चिनजान बढेपछि भोजबहादुरले आफूलाई कसैले कम्युनिस्ट बन्न आग्रह गरेको कुरा सुनाए। तीर्थले भोजबहादुरलाई बीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’ भन्ने सानो किताब थमाइदिए। र, भने, ‘किताब पढ, बाँकी पछि कुरा गरौंला।’

    त्यसपछि भोजबहादुर खाँटी कांग्रेस बनेर निस्के। उनले बीपीको मेलमिलाप नीति पढे। नेपाल विद्यार्थी संघमा आवद्ध भए। अनि मण्डलेहरुसँग मुकाबिला गरे। भोजबहादुर स्वयंं कवि तीर्थलाई आफ्ना राजनीतिक गुरु मान्थे। कालान्तरमा भोजबहादुरले आफूलाई भोजबहादुर गुरुङ ‘सिकन्दर’ देशप्रेमीको रुपमा चिनाउन थाले। साँच्चिकै भोजबहादुर सिकन्दर वा अलेक्जेण्डर ग्रेटजस्तै स्वभावका थिए।

    पछिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवारसमेत रहेका युवा नेता गुरुङको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा आइतबार निधन भएको हो। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका सिकन्दर त्याग र क्रान्तिको पर्याय मानिन्थे। राजनीतिबाट कहिल्यै लाभ नलिएका उनलाई पछिल्लो चुनावमा कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सोच्दै नसोचेको बेला टिकट दिएका थिए।

    आफूले पाएको टिकटबारे उनी रोमाञ्चक शैलीमा सुनाउँथे, ‘म अर्कैका लागि टिकट माग्न गएको थिए। तर, देउवाले मलाई पो टिकट दिए।’

    भोजबहादुरको संगत बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य, शेरबहादुर देउवासँग थियो। उनले बीपीको शवयात्रा व्यवस्थापनमा स्वयंसेवक बनेर शवयात्रा चलाए। तर, उनले त्यो राजनीतिक पहुँचलाई कहिल्यै व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेनन्। बहुचर्चित स्याङ्जा गोलीकाण्डमा बीपीलाई बचाउने पनि उनी नै थिए।

    २०४८ को संसदीय चुनावमा महादेव गुरुङको प्रचारको क्रममा महादेव र उनीमाथि सांघातिक आक्रमण भएको थियो। त्यो आक्रमण टारेका भोजबहादुरले मृगौला रोगलाई भने जित्न सकेनन्।

    पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय भएका यी त्यागी नेताले नमागेरै टिकट पाए पनि जीत भने उनको पोल्टामा परेन। उनी वामगठबन्धनको तर्फबाट एमाले उम्मेदवार बनेका राजीव पहारीबाट पराजित भए । चुनावमा उनले चन्दा समेत लिएनन्। ‘म भाषण गर्ने मान्छे होइन, जनताको हलो जोत्ने हो’, कास्कीको भदौरेमा जन्मेका भोजबहादुरले पार्टी सभापति शेरबहादुर देउवा उपस्थित चुनावी सभामा भनेका थिए, ‘म गरिबको छोरो हो, चन्दा लिएर भोजभतेर गर्नुछैन।’

    एक शुभेच्छुक व्यापारीले सहयोगको लागि उनलाई एक लाख रुपैयाँ फिर्ता गरेका थिए। त्यो प्रसङ्ग झिक्दै उनले त्यो बेला भनेक थिए, ‘आर्थिक सहयोग दिन चाहनेहरुलाई मैले धन्यवाद भन्दै पठाएको छु।’

    कुनै समय कास्की कांग्रेसको कहलिएका योद्धा थिए, भोजबहादुर। नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेका उनी पञ्चायती कालखण्डमा मण्डलेको आक्रमणमा परे। धन्न ज्यान जोगियो, हात जख्मी भयो। तर, उनले आस्था छाडेनन्। आफ्नो कुरा भन्न नडराउने र नेताहरुको चाकडी पनि नगर्ने भोजबहादुरको सोमबार बौद्ध अर्घौं सदनमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ। उनकी एक श्रीमती र २ छोरा छन्।

    साभार सुत्र न्युज

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.