मुग्लीङ – मुग्लिनमा २ वटा ट्रक एक आपसमा ठक्कर खादा ६ जना घाईते भएका छन् ।
मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना ५ खहरे पुल नजिक ट्रक ठक्कर खाँदा ६ जना घाइते भएका हन् ।
काठमाण्डौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना. ६ ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएको ईलाका प्रहरी कार्यालयले मुग्लिनले जनाएको छ ।
दुबै ट्रकको चालक र ट्रकमा सवार ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । तिमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।




















