गोरखा – मानव सेवा आश्रम गोरखाले अनाथ बालकको उद्वार गरेको छ ।
आमा बावु नभएका उनलाई गोरखा नगरपालिका १० को छेवेटार बजारबाट उद्धार गरिएको हो ।
उद्वार गरिएका बालकलाई अहिलो आश्रमले संरक्षण दिएको आश्रमका मुना मानवसेवाले बताईन । केही साता अगाडी मात्रै उनकै सहोदर दाईलाई आश्रमले उद्वार गरी संरक्षण दिएको थियो । सानैमा आमा अरु पुरुष संग बिहे गरी गएको र बुवाले समेत अर्को महिला लिएर घरमा आए पछि दुवै बालक बेसाहारा भएका थिए ।
उद्वार गरिएका बालकलाई आश्रममा जिम्मा लगाउनका लागि गोनपा १० का वडाध्यक्ष देवीबहादुर बस्नेत सहितको टोली सदरमुकाममा आएका आश्रमले जानकारी दिएको छ ।




















