धादिङ – धादिङको बेनिघाटमा गाडीको ठक्करबाट १ बालकको ज्यान गए पछि पृथ्वी राजमार्ग अबरुद्व भएको छ ।
रोराङ गाउँपालिका १० स्थित हिक्लुङघाट पुल नजिकै नम्बर पहिचान नभएको गाडीको ठक्करबाट आइतबार अपरान्ह्र एक बालकको मृत्यु भए पछि स्थानियले राजमार्ग अबरुद्व गरेका हुन ।
अन्दाजी १२ बर्षका ति बालकको समेत पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ ।
गाडीको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा मृतकको शव राखेर स्थानीयले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।




















