गोरखा – ३ दिन देखी बेपत्ता भएका गोरखा बोर्लाङका युवकको शव फेला परेको छ ।
भीमसेन थापा गाउँपालिका ८ भदुवार थोकका ३३ बर्षका उमेश परियारको शव फेला परेको हो ।
परियारको शव घर नजिकैको सिमलकुवा भन्ने भीरमा फेला परेको बोर्लाङ प्रहरीले जनाएको छ । उनि २६ गतेराती ११ बजेघरबाट निस्किएर हिडेको पारिवारी श्रोतले जानकारी दिएको छ ।
‘हराएदेखि खोज बिन गरिएको भएता पनि परिवारलाई कहि पनि फेला पार्न सकिएको थिएन । आजै बिहान मात्र घर नजिकैको भीरमा उनको मृत्त शरिर फेला परेको वडाध्यक्ष बासु थापाले बताए । शव निक्कै अफ्ट्यारो ठाउँमा भएकोले निकाल्न गाह्रो भएको प्रहरील जानकारी दिएको छ ।




















