गोरखा – गोरखाको आरुघाट बजार नजिकै मरेको अवस्थामा चितुवा फेला परेको छ ।
आरुघाट गाउँपालिकाको आरुघाट बजारबाट धादिङ तर्फजाने कच्ची सडक छेवैमा मरेको चितुवा फेला परेको हो ।
बजार नजिकै सानो उमेरको मृत्त चितुवा फेला परेको आरुघाट प्रहरीले जनाएको छ । चितुवाको अवस्था जाँच गर्न अहिले डिभिजन बन कार्यालय गोरखाबाट अधिकृत सहितको टोली आरुघाट तर्फ गएको कार्यालयले जनाकारी दिएको छ ।
‘आन्द्रा भुडी निस्किएको अवस्थामा सानो आकारको चितुवा भेटिएको भन्ने जानकारी पाउन साथ जाँचका लागि अधिकृत सहितको टोली आरुघाट तर्फ पठाईएको’ डिभिजन बन अधिकृत असोककुमार श्रेष्ठले बताए ।
साँकेतिक तस्बिर




















