गोरखा – गोरखाको विभिन्न स्थानमा आज थप ७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाब परिक्षणका क्रममा जिल्लाको ७ जना ब्यक्तिमा संक्रमण पुष्टी भएको हो ।
संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिका ७ का १ जना, सदरमुकाममा रहेको नापी कार्यालयका १ जना, भीमसेन थापा गाउँपालिकाका ४ जना र धार्चे गाउँपालिका ३ खोर्ला गाउँका १ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्राप्त विवरण अनुसार भीमसेन थापागाउँ पालिका ७ र ८ मा गरी ४ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनाल बताए । ७ मा ३ जना मध्ये १ जना कन्ट्याक्ट ट्रेसिङका ब्यत्ति भएको र अन्य २ जना र वडा नम्बर ८ का १ जना गरी ३ जना भरतपुर अस्पतालमा सुत्केरी गराएर ल्याएका ब्यत्तिहरु भएको पुष्टी भएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिका ७ को १ जना कन्ट्याष्क ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका ब्यत्ति हुन । धार्चे गाउँपालिका ३ खोर्ला गाउँका पुरुष भने भाद्र १९ गते सदरमुकाममा रहेको होटल सत्यममा बसेका ब्यत्ति भएको स्वास्थ्यशाखाले जानकारी दिएको छ ।
भारतको गुजरातमा रोजगारीको लागि बसेका उनी त्यहीका भारतीय परिवार सबैलाई कोरोना पुष्टी भए पछि नेपाल आएका ब्यत्ति भएको खोलागाउँबाट उनका आफन्तले टेलिफोन मार्फत जानकारी गराएको छ ।





















