सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १५ घर पुरेको छ भने पहिरोमा परेर २१ जना बेपत्ता भएका छन् ।
बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा १० घर र भीरखर्कमा ५ घर पुरिएका हो । सोही पहिरोमा परेर २१ जना बेपत्ता भएका हुन् ।
भीरखर्कको पहिरोमा परेर ३ जना बेपत्ता भएको र नागपुजेको पहिरोमा परेर १८ जना बेपत्ता भएको स्थानीयले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकमै गत साउन ३० गते जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । त्यहाँ अझै २ जना बेपत्ता छन् ।




















