काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण आज १ हजार २०२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप १ हजार २०२ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालये आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट संकलित स्वाबहरु परिक्षण गर्दा थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
त्यस्तै गरी कोरोना संक्रमणका कारण सनिबार मात्रै १४ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ जना पुगेको छ।


